Rule 21
निर्णय गर्नुपर्ने अवधि
(१) प्रतिवादीको बयान भएको वा प्रतिउत्तरपत्र दाखिला भएकोमा
सो भएको मितिले र प्रतिवादीको बयान नभएको वा प्रतिउत्तरपत्र पनि दाखिला
नभएकोमा सो हुने म्याद भुक्तान भएको मितिले साठी दिनभित्र न्यायाधीकरणले आपूm
समक्ष पेश भएका मुद्दाको निर्णय गरिसक्नु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि सो अवधि अगाडि नै
मुद्दाको अङ्ग पुगिसकेको भए त्यसरी अङ्ग पुगेको मितिले तीन दिनभित्र निर्णय गरिसक्नु
पर्नेछ ।